[go: up one dir, main page]

२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०
समाचार
News

इजरायलद्वारा पूर्वराजदूतकी घरेलु श्रमिकलाई ‘डिपोर्ट’

इजरायलले तेलअभिभस्थित नेपाली दूतावास छाडेर भागेकी एक घरेलु श्रमिक महिलालाई आइतबार ‘डिपोर्ट’ गरिदिएको छ । उनी सोमबार बिहान फ्लाई दुबईको उडानबाट काठमाडौंमा आइपुगेकी छन् ।

इजरायलद्वारा पूर्वराजदूतकी घरेलु श्रमिकलाई ‘डिपोर्ट’

एमालेले जनप्रतिनिधिहरूको मूल्यांकन ‘रिपोर्ट कार्ड’ बनाउने

नेकपा एमालेले संघ, प्रदेश र स्थानीय सरकारलाई प्रभावकारी बनाउने भन्दै १२ बुँदे कार्ययोजना बनाएको छ । गत साता पोलिटब्युरो बैठकले पारित गरेको उक्त कार्ययोजनालाई लागू गर्दै अहिले निर्देशन दिइएको हो ।

एमालेले जनप्रतिनिधिहरूको मूल्यांकन ‘रिपोर्ट कार्ड’ बनाउने

राप्रपाद्वारा २० जना युवा पार्टीको केन्द्रीय सदस्य पदमा छनोट

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नवीन राप्रपा कार्ययोजनाअन्तर्गत ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेअनुसार मंगलबार २० जनालाई पार्टीको केन्द्रीय सदस्य पदमा छनोट गरेको छ ।

राप्रपाद्वारा २० जना युवा पार्टीको केन्द्रीय सदस्य पदमा छनोट

शिक्षामा नीतिगत सुधार नभई देशमा सुधार हुँदैन : उपकुलपति बराल

नेपालमा नारी शिक्षाको क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आएको पद्मकन्या बहुमुखी क्याम्पसको ७४औं वार्षिकोत्सव विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।

शिक्षामा नीतिगत सुधार नभई देशमा सुधार हुँदैन : उपकुलपति बराल

प्रदेश संरचनालाई थप सबल बनाउँदै लैजानुपर्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचनालाई थप सबल बनाउँदै लैजानुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा नेपाली कांग्रेस कानुन विभागद्वारा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संविधानको एकदशक कार्यान्वयन र चुनौती’ विषयक विचार गोष्ठीमा उनले हाल देखिएका समस्या र कमजारीलाई सुधार्दै प्रदेश संरचनालाई बलियो बनाउन लाग्नुको विकल्प नरहेको बताएका हुन् ।

प्रदेश संरचनालाई थप सबल बनाउँदै लैजानुपर्छ : सभापति देउवा

जापानको अध्यागमनले राष्ट्रिय फेन्सिङ खेलाडी दाहाललाई फिर्ता पठायो

तीन महिने तालिमका लागि जापान पुगेका राष्ट्रिय फेन्सिङ खेलाडी भिष्मराज दाहाललाई त्यहाँको अध्यागमनले फिर्ता पठाएको छ । नागोयास्थित विमानस्थल अध्यागमनले दाहाललाई आर्थिक अवस्थाको कारण देखाएर नेपाल फर्काएको हो ।

जापानको अध्यागमनले राष्ट्रिय फेन्सिङ खेलाडी दाहाललाई फिर्ता पठायो

यी हुन् आईओएम र आईओईमा डिनका प्रतिस्पर्धी प्राध्यापक

त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) को डिन बन्न १३  र इन्जिनियरिङ अध्ययन संस्थान (आईओइ) को डिनका लागि ११ जना प्राध्पाकले आवेदन दिएका छन् ।

यी हुन् आईओएम र आईओईमा डिनका प्रतिस्पर्धी प्राध्यापक

राजेन्द्र महतोद्वारा 'राष्ट्रिय मुक्ति क्रान्ति नेपाल' पार्टी घोषणा

राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल घोषणा गरेका हुन् ।

राजेन्द्र महतोद्वारा 'राष्ट्रिय मुक्ति क्रान्ति नेपाल' पार्टी घोषणा

गगनलाई रविको जवाफ : ‘प्रमाण होइन, प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अब गोरखा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताएका छन् । मंगलबार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले आफू सहकारी ठग नभएको संसदीय छानबिन विशेष समितिले प्रमाणित गरेको तर्क गरेका हुन् ।

गगनलाई रविको जवाफ : ‘प्रमाण होइन, प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’

लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा राष्ट्रपतिको जोड

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि देशका सामुदायिक रेडियोले निर्वाह गरेको भूमिकाको सराहना गर्दै लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा जोड दिएका छन् ।

लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा राष्ट्रपतिको जोड

समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ : प्रधानमन्त्री

उपसभामुख राना रुस प्रस्थान

उपसभामुख इन्दिरा राना मगर औपचारिक भ्रमणका लागि आज रुस प्रस्थान गरेकी छिन् । रुसको सेन्ट पिटर्सबर्ग सहरमा असोज २ देखि आयोजना हुने कार्यक्रममा भाग लिन उपसभामुख राना फ्लाई दुबईको बिहान ९ बजेको उडानबाट रुस भ्रमणमा गएकी हुन् । 

उपसभामुख राना रुस प्रस्थान

रास्वपाको राष्ट्रिय भेला आजदेखि : देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी हुँदै 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला मंगलबार बिहानदेखि सुरु हुँदै छ । मंगलबारदेखि सुरु हुने राष्ट्रिय भेला बुधबारसम्म चल्नेछ । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सञ्चालन गरिने दुईदिने भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ । 

रास्वपाको राष्ट्रिय भेला आजदेखि : देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी हुँदै 

आजको मौसम : केही ठाउँमा हावाहुरी र भारी वर्षाको सम्भावना

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी र वाग्मती प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

आजको मौसम : केही ठाउँमा हावाहुरी र भारी वर्षाको सम्भावना

मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने

मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित  नेपालको पहिलो ‘केबलकार’ अब  ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द  गरिएको थियो ।

मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने

राष्ट्र संघको ‘समिट अफ द फ्युचर’ मा नेपालका तीन युवा नेता सहभागी हुँदै

संयुक्त राष्ट्र संघ (यूएन) ले यस पटक आयोजना गर्न लागेको ‘समिट अफ द फ्युचर’ कार्यक्रममा नेपालबाट तीन युवा नेताहरूले सहभागिता जनाउने भएका छन् ।

राष्ट्र संघको ‘समिट अफ द फ्युचर’ मा नेपालका तीन युवा नेता सहभागी हुँदै

आज इन्द्रजात्रा मनाइँदै

वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।  प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । 

आज इन्द्रजात्रा मनाइँदै

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई सिफारिस गरिएको छ । संवैधानिक परिषद्को सोमबार बसेको बैठकले राउतलाई प्रधानन्यायधीशमा सिफारिस गरेको हो । परिषद सदस्य राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले राउतको नाममा सर्वसम्मत निर्णय भएको जानकारी दिए । 

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

सहकारी ठगी प्रतिवेदन कार्यान्वयन गर्न दलहरूको माग

सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले सहकारी ठगी गर्नेलाई कारबाही र बचतकर्ताको रकम फिर्ता गर्न बाटो खोलेको बताएका छन् । समितिले प्रतिनिधिसभामार्फत कार्यान्वयनका लागि पठाएको प्रतिवेदनमा सहकारीको रकम अपचलन गर्ने दोषीलाई कारबाही गरी हजारौं बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने सुझाव दिएको छ । 

सहकारी ठगी प्रतिवेदन कार्यान्वयन गर्न दलहरूको माग

संसद् अधिवेशन अन्त्य : सहकारी छानबिन र टीआरसी विधेयक पारित हुनु उपलब्धि

संघीय संसद्को चौथो अधिवेशन सोमबार अन्त्य भएको छ । चार महिनाभन्दा बढी समय चलेको यो अधिवेशनमा सहकारी ठगीको छानबिन र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) पारित भएको छ । अधिवेशनको सुरुमै सहकारी बचतकर्ताको रकम दुरूपयोगबारे छानबिन गर्नका लागि संसदीय समिति बनाउन तत्कालीन प्रमुख प्रतिपक्षी दल कांग्रेसले लगातार संसद् अवरुद्ध गरेको थियो । 

संसद् अधिवेशन अन्त्य : सहकारी छानबिन र टीआरसी विधेयक पारित हुनु उपलब्धि

छिमेकी देशले एकअर्काको हितमा काम गर्नुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देशले एकअर्काको हित सोचेर काम गर्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने विषयवस्तुबारे सोमबारको प्रतिनिधिसभा बैठकलाई जानकारी गराउँदै ओलीले नेपालले दुई छिमेकी भारत र चीनसँग असल सम्बन्ध कायम राख्ने बताएका हुन् ।

छिमेकी देशले एकअर्काको हितमा काम गर्नुपर्छ : प्रधानमन्त्री ओली

भीरपहरा फोड्ने हिम्मतिली गौमति

कालीगण्डकी करिडोर मालढुंगा– बेनी–जोमसोम–कोरोला सडक आयोजनाको सबैभन्दा कठिन र अप्ठ्यारो काम हो– भीरपहरा फोड्ने । अक्करे भीरमा ‘एङ्करिङ’ गरी पर्खाल उठाएर सडक बनाउने कामको नेतृत्व अहिले एक महिलाले गरिरहेकी छन् । र, उनी हुन्– रोल्पा सुनछहरी गाउँपालिकाकी ३८ वर्षीया गौमति बुढा मगर । 

भीरपहरा फोड्ने हिम्मतिली गौमति

त्रिविको ३० पदमा २५८ प्राध्यापकको आवेदन

त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायमा डिन, क्याम्पस प्रमुख र सहपरीक्षा नियन्त्रक बन्न २ सय ५८ जना प्राध्यापकले आवेदन दिएका छन् । ८ संकाय/संस्थानका डिन, १७ वटा क्याम्पस प्रमुख र ७ सहपरीक्षा नियन्त्रक नियुक्तिका लागि त्रिविद्वारा गठित छनोट तथा सिफारिस समितिले आवेदन माग गरेको थियो ।

त्रिविको ३० पदमा २५८ प्राध्यापकको आवेदन

सहकारी समस्या समाधानका लागि 'सहकारी प्राधिकरण' स्थापनाको सुझाव

सहकारीको समस्या समाधानका लागि ३ महिनाभित्र अधिकारसम्पन्न ‘सहकारी प्राधिकरण’ स्थापना गर्न सुझाव संसदीय छानबिन विशेष समितिले दिएको छ । समितिका सभापति सूर्य थापाले सोमबार संसद्मा पेस गरेको प्रतिवेदनमा सहकारी क्षेत्रको समस्या समाधानका लागि सबैभन्दा पहिले अधिकारसम्पन्न दोस्रो तहको नियामक निकाय ‘सहकारी प्राधिकरण’ स्थापना गर्नुर्पर्ने, समस्याग्रस्त संस्थाका सञ्चालक एवं पदाधिकारीको चलअचल सम्पत्ति रोक्का राखेर बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने, संस्थाको ऋण असुली भएपछि शोधभर्ना लिने गरी साना बचतकर्ताको रकम सरकारले नै फिर्ता गरिदिनुपर्नेलगायत सुझाव छन् ।

सहकारी समस्या समाधानका लागि 'सहकारी प्राधिकरण' स्थापनाको सुझाव

‘लामिछानेको हस्ताक्षरबाट करोड करोडका चेक काटेको भेटिएको छ’

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्क प्रालिमा सेयर खरिद बिक्री किर्ते कागजकै आधारमा गरेको पाइएको निष्कर्ष निकालेको छ ।

‘लामिछानेको हस्ताक्षरबाट करोड करोडका चेक काटेको भेटिएको छ’

सहकारीको ६५ करोडमा जीबी र रविको रजगज

संसदीय विशेष समितिले पाँच सहकारीको ६५ करोड ५४ लाख बचत गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको निष्कर्षसहित कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने तथा सञ्चालकहरू छविलाल जोशी र कुमार रम्तेलमाथि कारबाहीको सिफारिस गरेको छ ।

सहकारीको ६५ करोडमा जीबी र रविको रजगज