[go: up one dir, main page]

२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७
सम्पादकलाई चिठी
Pathakmanch

सम्बन्धमा भारतले उदारभाव देखाओस्

राम्रो सम्बन्ध रहेको छिमेकी मुलुकलाई प्राथमिकतामा राख्ने, छिमेकमा नयाँ सरकार बन्यो कि सरकार प्रमुखलाई आफ्नो देशको भ्रमण गर्न निम्तो दिने चलन संसारभर छ । बोलीचालीमा भारत र नेपाल दुवैतर्फका शीर्ष नेताहरू ‘छिमेक पहिलो’ भन्ने नारा लगाउन चुक्दैनन् । तर मूल्यांकन गर्ने बोलीले होइन व्यवहारले हो ।

सम्बन्धमा भारतले उदारभाव देखाओस्

शिक्षक सरुवा निर्देशिकाको पक्षमा

निवर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गरी जारी गरेको शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१ उपयुक्त छ । कम्तीमा पनि वर्षमा ३/४ पटक परिवर्तन हुने शिक्षामन्त्रीहरूले सिन्को नभाँची बिदा हुने गरेकामा सुमनाले ४ महिने कार्यकालमा एउटा राम्रो काम गरेर गएकी छन् । शिक्षक सरुवामा दलीय प्रभाव, आर्थिक लेनदेन र नातावादले निकै महत्त्व पाएको थियो ।

शिक्षक सरुवा निर्देशिकाको पक्षमा

बिर्ताको बोझ कहिलेसम्म ?

ललितपुरको गोदावरी नगरपालिका–१३, झरुवारासीका ७० किसान परिवारले बिर्ता जमिन जोत्दै आएको चार पुस्ता भयो । तर आफूले जोतेको जमिन आफ्नो भन्न पाएनन् । आफूलाई आवश्यक पर्दा बेचबिखन र धितो बन्धकीका लागि कसैले पत्याउँदैनन् । उनीहरूले भोगचलन गरेको १ सय ५० रोपनी जमिन अझै बिर्ताका नाममा झुन्डिएकै छ । नेपालमा २०१६ सालमै बिर्ता प्रथा अन्त्यको घोषणा भयो । अहिलेसम्म पनि २०१६ सालमा उन्मूलन घोषणा भएको बिर्ता प्रथा ज्युँको त्युँ हुनु लज्जास्पद हो ।

बिर्ताको बोझ कहिलेसम्म ?
श्रावण ३०, २०८१

‘समाजवाद’ हटाउने प्रस्तावले कांग्रेसजनको तेजोवध

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले ‘समाजवाद’ शब्द हटाउने प्रस्ताव केन्द्रीय कार्यसमितिमा राख्नुभएछ । घिमिरेजी, अब ‘राष्ट्रियता र प्रजातन्त्र’ पनि हटाउने प्रस्ताव राख्नुहोस् । र, स्वर्णाक्षरले नाम लेखाउनुहोस् ! प्रजातान्त्रिक मुलुकले ‘समाजवाद’ लेख्दैनन् ।

‘समाजवाद’ हटाउने प्रस्तावले कांग्रेसजनको तेजोवध

अब गर्नुपर्छ

नयाँ नयाँ विकासका काम अब गर्नुपर्छ,कमिसनको खेल सधैंका लागि बन्द अब गर्नुपर्छ ।चुनावका घोषणापत्रको कार्यान्वयन अब गर्नुपर्छ,बन्द भएका उद्योगको सञ्चालन अब गर्नुपर्छ ।

अब गर्नुपर्छ

फरक मत राख्न नपाउने कस्तो नीति ?

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पुष्पकमल दाहाल नेतृत्वमाथि ११ बुँदामा फरक मत राखेका छन् । स्थायी समिति बैठकमा शर्माले पेस गरेको प्रतिवेदनलाई अध्यक्ष दाहालले कसरी लिन्छन्, हेर्न बाँकी छ । झन्डै ३५ वर्षदेखि पार्टीको नेतृत्व समाल्दै आएका दाहालले अब पनि नेतृत्व अर्कालाई दिनुपर्छ भन्ने सोचमा छैनन् ।

फरक मत राख्न नपाउने कस्तो नीति ?

'बोर्डिङ’ शब्दको भ्रमजाल

अंग्रेजी शब्द ‘बोर्डिङ’ को अर्थ हुन्छ आवासीय । अर्थात्, विद्यार्थीहरूलाई आवासीय सुविधासहित शिक्षा दिने विद्यालयलाई ‘बोर्डिङ स्कुल’ भनिन्छ, सत्य यति मात्र हो । तर हाम्रो मुलुकमा उदेकलाग्दो कुरा के छ भने अधिकांश निजी विद्यालयले आफ्नो नाममा बोर्डिङ शब्द राख्ने गरेका छन् । केहीमा बाहेक त्यहाँ विद्यार्थीका लागि कुनै आवासीय सुविधाको व्यवस्था गरिएको हुँदैन । त्यहाँको भौतिक अवस्था आवासीय सुविधाका लागि उपयुक्त पनि हुँदैनन् ।

'बोर्डिङ’ शब्दको भ्रमजाल

किसानलाई के दियौ ?

किसानलाई के दियौ र आज तिमी यति धेरै खुसी छौ ?कोटको टाँक लगाउँदै किसानसँग हाँस्दैहाँस्दै बोल्दै छौहप्ता दिनअगाडिदेखि देखावटी धान रोप्न जान तम्तयार भएका छौदूधको पैसा किसानलाई नतिरी तिम्रो कर्मचारीलाई बोनस बाँडेकै छौ

किसानलाई के दियौ ?
श्रावण २९, २०८१

कांग्रेस बैठक र सरकारको छवि

यतिखेर नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ । बैठकले के कस्ता निर्णय गर्छ भनेर आम जनताले हेरिरहेका छन् । पार्टीहरूको छवि र साख नै उसले गर्ने निर्णयमा आधारित हुन्छ । महामन्त्री गगन थापाले महासमितिमा गरेको ‘चुनावमा कसैसँग गठबन्धन नगर्ने’ प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रधानमन्त्री दुई पटकभन्दा बढी हुन नपाइने र शेखर कोइरालाको समयमै महाधिवेशन गर्नुपर्ने प्रस्तावलाई अहिलेको बैठकले कुन रूपमा सम्बोधन गर्छ ?

कांग्रेस बैठक र सरकारको छवि

विकल्प खोज्न ढिला नगरौं

विकासका अधिकांश काम आजका लागि भन्दा पनि भविष्यलाई मध्यनजर गरेर निर्माण गरिन्छ । त्यसकै एउटा उदाहरण हो, काठमाडौं उपत्यकाको चक्रपथ । यो चक्रपथ हिजो निर्माणका समयमा धेरैलाई अनावश्यक लागेको थियो । आवश्यकता र महत्त्व बुझी हिजै लगानी गरिएकाले आज सजिलो भएको छ ।

विकल्प खोज्न ढिला नगरौं

अधिनायकवाद र सकारात्मक विभेद

विश्व इतिहास केलाउँदा विभिन्न देशका क्रूर शासकले आफ्नो आधिपत्य जमाएर मुलुकभन्दा आफ्नो स्वार्थसिद्धिका लागि निकृष्ट काम गरेको पाइन्छ । ऐन/कानुनलाई एकातिर पन्छाएर हत्या हिंसालाई उचाइमा पुर्‍याउने अधिनायकवादी शासकको पहिचान गर्नुपर्दा सबैले हिटलरको नाम लिन्छन् । उनले जातीय हिंसामा उत्रेर लाखौं यहुदीको ज्यान लिएको, साम्राज्य फैलाउने उद्देश्य राखेर तत्कालीन सोभियत संघमाथि धावा बोल्न खोज्दा पराजित भएको र पछि आत्महत्या गरेको विषय कसैले भुल्न सक्दैन ।

अधिनायकवाद र सकारात्मक विभेद