[go: up one dir, main page]

२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०
स्वास्थ्य
Health

कर्मचारी व्यवस्थापनसम्बन्धी स्वास्थ्यमन्त्रीको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषद्‌बाट स्वीकृत

संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका क्रममा स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको व्यवस्थापनमा देखिएका समस्या समाधान हुने भएका छन्। मन्त्रिपरिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ८ बुँदे प्रस्ताव स्वीकृत गरेसँगै स्वास्थ्य क्षेत्रमा सयौंको संख्यामा रहेका कर्मचारीको समस्या सम्बोधन हुने भएको हो ।

कर्मचारी व्यवस्थापनसम्बन्धी स्वास्थ्यमन्त्रीको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषद्‌बाट स्वीकृत
भाद्र २९, २०८१

संखुवासभामा स्क्रब टाइफस परीक्षण गर्ने किट अभाव

जिल्ला अस्पताल संखुवासभामा स्क्रब टाइफसको परीक्षण गर्ने कीटको अभाव भएको छ । अस्पतालमा एक सातादेखि स्क्रब टाइफस परीक्षण गर्ने किटको अभाव भएपछि बिरामी उपचारबाट वञ्चित भएका छन् ।

संखुवासभामा स्क्रब टाइफस परीक्षण गर्ने किट अभाव
भाद्र २८, २०८१

जलन उपचारका लागि एक लाख रुपैयाँ आर्थिक सहायता दिने स्वास्थ्यमन्त्रीको घोषणा

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलन रोगको उपचारका लागि पनि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंको वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्दै मन्त्री पौडेलले जलन उपचारका लागि पनि तत्काल एक लाख आर्थिक सहयोग सरकारले उपलब्ध गराउने व्यवस्था गर्ने बताए।

जलन उपचारका लागि एक लाख रुपैयाँ आर्थिक सहायता दिने स्वास्थ्यमन्त्रीको घोषणा
भाद्र २७, २०८१

एचआईभी जोखिममा रहेकालाई सुनसरी र पाल्पामा ‘प्रेप सेवा’

एचआईभी संक्रमणको जोखिममा भएकालाई लक्षित गरी प्रिएक्सपोजर फाइलायासिस (प्रेप) सेवा सुनसरीमा पनि सुरु भएको छ । गत साता नेपालमै पहिलो पटक यो सेवा पाल्पामा पनि सुरु भएको थियो । नेपाल परिवार नियोजन संघहरुको अन्तराष्ट्रिय संगठन (आईपीपीएफ) को परियोजना अन्तर्गत पाल्पा र सुनसरी गरी नेपालका दुई जिल्लामा लागु गरिएको हो ।

एचआईभी जोखिममा रहेकालाई सुनसरी र पाल्पामा ‘प्रेप सेवा’
भाद्र २१, २०८१

आयुर्वेद उपचार सेवा प्रभावकारी बनाउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आयुर्वेद उपचारमा आकर्षण घटिरहेको भन्दै सेवा प्रभावकारी बनाउन एक हप्ताभित्र प्रष्ट योजनाका साथ उपस्थित हुन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

आयुर्वेद उपचार सेवा प्रभावकारी बनाउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
भाद्र २०, २०८१

छरिएका श्रोत एकीकृत गर्दा स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन सकिन्छ : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सेवालाई प्रभावकारी बनाउन राज्यले स्वास्थ्यका लागि व्यवस्था गरेका सबै सेवा र सहयोग एकीकृत प्रणालीमा ल्याउनुपर्ने बताएका छन् । बिहीबार शिक्षा,स्वास्थ्य तथा सुचना प्रविधि समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री पौडेलले छरिएका सुविधालाई एकीकृत गर्दा सेवालाई पनि प्रभावकारी  बनाउन सकिने बताए । 

छरिएका श्रोत एकीकृत गर्दा स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन सकिन्छ : मन्त्री पौडेल
भाद्र १९, २०८१

तीन प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

मुलुकका तीन प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गरिएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल र मोरङको विराटनगरस्थित कोशी प्रदेशिक अस्पतालमा सो उपचार सेवा विस्तार गरिएको हो । 

तीन प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम

नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ । विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञको भनाइ छ । उनीहरूका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमलगायतका रोग बढ्दो क्रममा छ ।

अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम
भाद्र १८, २०८१

सार्वजनिक बिदामा पनि बहिरंग सेवा सञ्चालन गर्न अस्पताललाई निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३४ अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा सञ्चालन गर्न निर्देशनसहित परिपत्र गरेको छ ।  

सार्वजनिक बिदामा पनि बहिरंग सेवा सञ्चालन गर्न अस्पताललाई निर्देशन
भाद्र १७, २०८१

डेंगीका बिरामी छ हजार नाघे, उपत्यकामा छ सय ८० जनालाई संक्रमण

देशभरि डेंगीका बिरामीको सङ्ख्या छ हजारभन्दा  बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगी रोगको संक्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगी रोगको संक्रमण देखिएको छ । 

डेंगीका बिरामी छ हजार नाघे, उपत्यकामा छ सय ८० जनालाई संक्रमण