[go: up one dir, main page]

२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०
मधेस
Pradesh-2

मिटरब्याज पीडितका गुनासा : ऋण तिरिसक्दा पनि घरखेत लिलाम

पर्सा कालिकामाई गाउँपालिका–५ का ४५ वर्षीय विक्रम ठाकुरले गाउँकै साहु प्रमोद राउत बरैसँग २०७६ मंसिर १४ मा ३ लाख रुपैयाँ ऋण लिए । साहुले विक्रमकी पत्नी पुनम देवीसँग त्यसबापत १५ लाख रुपैयाँको कपाली तमसुक गराए ।

मिटरब्याज पीडितका गुनासा : ऋण तिरिसक्दा पनि घरखेत लिलाम

सामाजिक सन्जालको दुरुपयोगको आरोपमा युवक पक्राउ 

सामाजिक सञ्जाल दुरुपयोगको आरोपमा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ लक्ष्मणवाका २१ वर्षीय ओमकुमार पटेल छन् । 

सामाजिक सन्जालको दुरुपयोगको आरोपमा युवक पक्राउ 

सिरहाबाट १४ लाख अवैध रकमसहित ३ जना पक्राउ

सिरहाबाट स्रोत नखुलेको अवैध रकमसहित तीन जना पक्राउ परेका छन् । सिरहा प्रहरीले गत शुक्रबार नै उनीहरूलाई अवैध रकमसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार, पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका-१० का ५७ वर्षीय मजित मियाँ, सोही ठाउँ बस्ने वर्ष २८ का मोहम्मद अलाहउद्दिन र २३ वर्षीय अजय चौधरी छन् ।

सिरहाबाट १४ लाख अवैध रकमसहित ३ जना पक्राउ

ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ 

प्रहरीले लागूऔषध ब्राउन सुगर तस्करीको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना आदापुर बस्ने २३ वर्षीय विकास कुमार पटेल छन् । 

ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ 
भाद्र ३१, २०८१

९८ वर्ष पुरानो सरकारी गौशाला : स्वामित्व विवादले संकटमा

उन्नत र स्थानीय जातका गाईका लागि सुविधायुक्त छुट्टाछुट्टै गोठ छन् । २० बिघा जग्गामा हरियो घाँस रोपिएको छ भने गोदाममा भुसा, पराल र अन्य आहारा पर्याप्त छन् । ९८ वर्ष पुरानो सरकारी स्वामित्वमा रहेको महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुरस्थित निगौल गाई गौशाला अहिले सरकारी बेवास्ता, राजनीतिक दोहन र स्वामित्वको खिचातानीले अस्तव्यस्त बनेको छ ।

९८ वर्ष पुरानो सरकारी गौशाला : स्वामित्व विवादले संकटमा

पुलबाट बस खस्दा १ यात्रुको मृत्यु, ४३ घाइते 

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको निजगढ नगरपालिका-८ उनासी पुलबाट आइतबार मध्यराति यात्रुवाहक बस खस्दा १ जनाको मृत्यु भएको छ । बसमा सवार ४३ यात्रु घाइते भएका छन् ।

पुलबाट बस खस्दा १ यात्रुको मृत्यु, ४३ घाइते 
भाद्र ३०, २०८१

कांग्रेस र कम्युनिष्टका कारण देशको दुर्दशा : यादव

जनता समाजवादी पार्टी, नेपालका उपाध्यक्ष तथा प्रतिनिधिसभा सांसद राजकिशोर यादवले कांग्रेस र कम्युनिष्टका कारण देशको दुर्दशा भएको आरोप लगाएका छन् ।

कांग्रेस र कम्युनिष्टका कारण देशको दुर्दशा : यादव

विद्यालयमा राजनीति गतिविधि गराउने शिक्षकलाई कारबाहीको चेतावनी 

शिक्षा विकास तथा समन्वय इकाइ बाराले विद्यालयमा कुनै प्रकारको राजनीति गतिविधि गर्ने/गराउने प्रधानाध्यापक वा शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ । 

विद्यालयमा राजनीति गतिविधि गराउने शिक्षकलाई कारबाहीको चेतावनी 

सुक्खा बन्दरगाहमा कुहिएका वस्तु व्यवस्थापनमै ५५ लाख खर्च लाग्ने अनुमान

आयातकर्ताले नलगेर सिर्सिया सुक्खा बन्दरगाहमै कुहिएर रहेका मालवस्तु व्यवस्थापनमा मात्र ५५ लाख रुपैयाँ खर्च लाग्ने भएको छ । बन्दरगाहस्थित भन्सार कार्यालयले ३ सय ४ वटा यस्ता कन्टेनर लिलाम प्रक्रियामा लगेपनि २ सय १७ कन्टेनरमा कुहिएका वस्तु लिलाम नभएपछि ती वस्तुलाई व्यवस्थापन गर्नु पर्ने भएकाले  व्यवस्थापनमै यति रकम लाग्ने अनुमान भएको हो । 

सुक्खा बन्दरगाहमा कुहिएका वस्तु व्यवस्थापनमै ५५ लाख खर्च लाग्ने अनुमान

बक्यौता भुक्तानीपछि नारायणी अस्पतालको एमआरआई मेसिन सञ्चालन 

विगत ५ महिनादेखि अवरुद्ध रहेको नारायणी अस्पतालको एमआरआई मेसिनको सेवा आइतबारदेखि सञ्चालनमा आएको छ । सञ्चालनमा आएको ६ महिना नबित्दै ३० करोड रुपैयाँमा खरिद गरिएको एमआरआई मेसिनको सेवा अवरुद्ध बनेको थियो । आपूर्तिकर्ता कम्पनीले बाँकी रहेको २० प्रतिशत भुक्तानी नपाएका कारण सफ्टवेयर अपडेट नगर्दा एमआरआई मेसिनमा समस्या देखिएको थियो । 

बक्यौता भुक्तानीपछि नारायणी अस्पतालको एमआरआई मेसिन सञ्चालन 

सर्लाहीको हरिवन नगरपालिकाका वडाध्यक्षले खोसे मेयर र उपमेयर चढ्ने गाडी

नगरले बजेट नल्याएको भन्दै सर्लाहीको हरिवन नगरपालिकाका वडाध्यक्षहरूले मेयर तथा उपमेयर चढ्ने गाडीको साँचो नियन्त्रणमा लिई प्रमुख प्रशासकीय अधिकृतको जिम्मा लगाएका छन् ।

सर्लाहीको हरिवन नगरपालिकाका वडाध्यक्षले खोसे मेयर र उपमेयर चढ्ने गाडी

लोसपा मधेश प्रदेश संसदीय दलको नेतामा सोनल

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मधेश प्रदेश संसदीय दलको नेतामा जितेन्द्र सोनल नियुक्त भएका छन् । लोसपाले सोनललाई आइतबार मधेश प्रदेशसभाको संसदीय दलका नेतामा नियुक्त गरेको हो । 

लोसपा मधेश प्रदेश संसदीय दलको नेतामा सोनल

जनकपुर व्यापार संघको अध्यक्षमा भण्डारी निर्वाचित

जनकपुर उद्योग, वाणिज्य संघको अध्यक्षमा सुरेन्द्र भण्डारी निर्वाचित भएका छन् । उनले १ हजार ६ सय ४४ सय मत ल्याई विजयी भएका हुन् । उनी एमाले समर्थित हुन् ।

जनकपुर व्यापार संघको अध्यक्षमा भण्डारी निर्वाचित

माइक्रोबसको ठक्करले बालकको मृत्यु, राजमार्ग अवरुद्ध

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका- १ स्थित भारदहमा माइक्रोबसको ठक्करले  आइतबार एक बालकको मृत्यु भएको छ ।

माइक्रोबसको ठक्करले बालकको मृत्यु, राजमार्ग अवरुद्ध