[go: up one dir, main page]

२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०
अर्थ / वाणिज्य
Nepali Business & Economics News

एनसेलले सुरु गर्‍यो एनसेल फाउन्डेसन

सामाजिक उत्तरदायित्वका कार्यहरूलाई संस्थागत रूपमै अघि बढाउने लक्ष्यसहित एनसेलले आफ्नो १९ औं वार्षिकोत्सवका अवसरमा मंगलबार एनसेल फाउन्डेसन स्थापनाको घोषणा गरेको छ । समाजका हरेक वर्गको उत्थान र सशक्तिकरणका लागि सहयोग गर्ने प्रतिबद्धतास्वरुप फाउन्डेसन सुरु गरिएको एनसेलले जनाएको छ ।

एनसेलले सुरु गर्‍यो एनसेल फाउन्डेसन

सुनको मूल्यमा सामान्य गिरावट

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोलामा छ सय रुपैयाँले घटेको छ । सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो । 

सुनको मूल्यमा सामान्य गिरावट

दसैंअघि दुग्ध किसानले भुक्तानी पाउनेमा अन्योल

किसानले दसैंअघि दुग्धपदार्थको बक्यौता भुक्तानी पाउनेमा अन्योल देखिएको छ । किसानको बक्यौता भुक्तानी गर्न भदौ २० मा बसेको मन्त्रिपरिषद् बैठकले सर्तसहित ६० करोड ऋण दिने निर्णय गरेको थियो । तर ऋणका लागि कागजी प्रक्रिया मिलाउँदा अझै ढिलो हुने देखिएको छ । 

दसैंअघि दुग्ध किसानले भुक्तानी पाउनेमा अन्योल

सुदूरपश्चिमले फेरि ल्यायो बजेट

दुई महिनासम्म बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले सोमबार आर्थिक वर्ष ०८१/८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ । यससँगै एउटै आर्थिक वर्षका लागि प्रदेशसभामा दुई पटक बजेट वक्तव्य प्रस्तुत हुन सक्ने संसदीय अभ्यास पनि सुदूरपश्चिममा भएको छ ।

सुदूरपश्चिमले फेरि ल्यायो बजेट

भारतबाट हवाई रुटबारे प्रस्ट जवाफ आएन : पर्यटनमन्त्री

भैरहवा र पोखरामा ६५ अर्ब लागतमा निर्मित दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि हवाई रुट तथा अवतरण प्रणाली इन्स्ट्रुमेन्ट ल्यान्डिङ प्रणाली (आईएलएस) का विषयमा भारतीय समकक्षीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई आश्वासन मात्रै दिएका छन् ।

भारतबाट हवाई रुटबारे प्रस्ट जवाफ आएन : पर्यटनमन्त्री

थप ३० वस्तुमा भन्साररहित सुविधा दिन अमेरिकासँग आग्रह

नेपालले थप ३० वस्तुमा भन्साररहित बजार पहुँच सुविधा दिन अमेरिकासँग प्रस्ताव गरेको छ । नेपाल–अमेरिकाबीचको व्यापार तथ लगानीसम्बन्धी सम्झौता परिषद् (टिफा) बैठकमा नेपालले यस्तो प्रस्ताव गरेको हो ।

थप ३० वस्तुमा भन्साररहित सुविधा दिन अमेरिकासँग आग्रह
भाद्र ३१, २०८१

वायुसेवा निगमलाई दिएको २७ अर्ब ऋण उठाउन कर्मचारी सञ्चय कोषलाई अर्थमन्त्रीको निर्देशन

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोषले उठाउनुपर्ने लगानी उठाउनेतर्फ ध्यान दिन निर्देशन दिएका छन् । सोमबार कर्मचारी सञ्चय कोषको ६३ औं वार्षित्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन्।

वायुसेवा निगमलाई दिएको २७ अर्ब ऋण उठाउन कर्मचारी सञ्चय कोषलाई अर्थमन्त्रीको निर्देशन

नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा : मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । प्रविधिको उपयोगबाट प्रगति र समृद्धिको यात्रा सहज बनाउन सकिने भन्दै उनले समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न वैकल्पिक उर्जा, प्रविधि र अनुसन्धानलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताए ।

नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा : मन्त्री दाहाल

अर्थतन्त्रका सूचक सकारात्मक छन् : अर्थमन्त्री पौडेल

सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको दाबी गरेका छन् । उनले वर्तमान सरकार बनेसँगै नागरिकमा आशाको सञ्चार भएको बताए । 

अर्थतन्त्रका सूचक सकारात्मक छन् : अर्थमन्त्री पौडेल

५७ अंकले घट्यो नेप्से, सात अर्ब ३६ करोड रुपैयाँको कारोबार 

सेयर कारोबार मापक नेप्से परिसूचक ५७.०३ अंकले घटेको छ । आइतबार १.८८ प्रतिशतले घटेको नेप्से आज २.१६ प्रतिशतले घटेको हो । नेप्से २५८०.७६ विन्दुमा ओर्लेको छ । 

५७ अंकले घट्यो नेप्से, सात अर्ब ३६ करोड रुपैयाँको कारोबार 

सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छ : उपप्रधानमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रीत रहेको बताएका छन् ।  बुटवल उद्योग वाणिज्य संघको ७१औं साधारणसभाको आज बुटवलमा उद्घाटन गर्दै उनले वर्तमान सरकार गठनसँगै आम नागरिकमा आशा र भरोसा सञ्चार भएको बताए । 

सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छ : उपप्रधानमन्त्री पौडेल

१ महिनाभित्रै भूमि आयोग गठन हुन्छ : मन्त्री अधिकारी

भूमि व्यवस्था, सहाकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अबको एक महिनाभित्रै भूमि आयोग गठन गर्ने बताएका छन् ।

१ महिनाभित्रै भूमि आयोग गठन हुन्छ : मन्त्री अधिकारी

सुनको भाउमा हरेक दिन रेकर्ड, तोलाकै १ लाख ५७ हजार ३ सय रुपैयाँ

नेपाली बजारमा सुनको भाउले दिनदिनै नयाँ रेकर्ड राख्न थालेको छ । सोमबार नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३ सय तोकिएको छ ।

सुनको भाउमा हरेक दिन रेकर्ड, तोलाकै १ लाख ५७ हजार ३ सय रुपैयाँ

पैसा धेरै भएपछि आज फेरि बजारबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि आज (सोमबार) पनि राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । वित्तीय प्रणालीमा तरलता घटेको र यसअघि तानेको रकमको परिपक्को अवधि सकिएकाले पुनः ५० अर्ब रुपैयाँ झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

पैसा धेरै भएपछि आज फेरि बजारबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक

असोजका लागि घट्यो निक्षेपको ब्याजदर

बैंक तथा वित्तीय संस्थाले असोज महिनाका लागि निक्षेपका ब्याजदर घटाएका छन् । निक्षेप बढिरहेको र कर्जा प्रवाह अपेक्षित रुपमा बढ्न नसक्दा बैंकहरुले निक्षेपको ब्याजदर झनै घटाएका हुन् । वासणज्य बैंकले प्रकाशित गरेको भदौ महिनाको तुलनामा असोजमा बैंकहरूको निक्षेपको ब्याजदर औसत ०.०७ प्रतिशत विन्दुले घटेको छ ।

असोजका लागि घट्यो निक्षेपको ब्याजदर

सुदूरपश्चिमले ल्याउने भयो एकै वर्ष दुई बजेट

एकै वर्षको बजेट वक्तव्य दुई पटक प्रस्तुत गरेर नौलो अभ्यास गर्दै सुदूरपश्चिम प्रदेश सरकारले सोमबार चालु आर्थिक वर्षको बजेट ल्याउने भएको छ । बजेटको तयारी पूरा भएको मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन् । दुई महिनादेखि सुदूरपश्चिम प्रदेश सरकार बजेट शून्यतामा छ । 

सुदूरपश्चिमले ल्याउने भयो एकै वर्ष दुई बजेट

विद्युत् खरिदबिक्री सम्झौता प्रक्रिया छिट्टै अघि बढाउँछौं : ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले चाँडै नै नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको विद्युत् व्यापार निगमबीच ऐतिहासिक त्रिपक्षीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन् । नेपालले भारतीय प्रसारण लाइन प्रयोग गरी वर्षायाममा बंगलादेशमा विद्युत् निर्यातले दुई देशबीच विद्युत् व्यापारको ढोका खोल्ने उनको भनाइ छ । 

विद्युत् खरिदबिक्री सम्झौता प्रक्रिया छिट्टै अघि बढाउँछौं : ऊर्जामन्त्री खड्का