[go: up one dir, main page]

२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

होम कार्की

दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् ।

होम कार्कीका लेखहरु :

इजरायलद्वारा पूर्वराजदूतकी घरेलु श्रमिकलाई ‘डिपोर्ट’

इजरायलले तेलअभिभस्थित नेपाली दूतावास छाडेर भागेकी एक घरेलु श्रमिक महिलालाई आइतबार ‘डिपोर्ट’ गरिदिएको छ । उनी सोमबार बिहान फ्लाई दुबईको उडानबाट काठमाडौंमा आइपुगेकी छन् ।

इजरायल श्रमिक छनोट : १८४ जना आवेदकको कागजातमा कैफियत

इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक कामदार (केयरगिभर)को छनोट प्रक्रियामा सामेल १८४ जना आवेदकको कागजातमा कैफियत देखिएको छ ।

पूर्व राजदूत रिजालले लगेकी घरेलु श्रमिक इजरायलमा पक्राउ

इजरायलका लागि पूर्व राजदूत कान्ता रिजालले लगेकी घरेलु श्रमिक महिलालाई इजरायल सरकारले पक्राउ गरेको छ । उनलाई स्वदेश पठाउन डिपोर्टटेसन सेन्टरमा राखिएको छ । इजरायलको आन्तरिक मन्त्रालयले ती घरेलु श्रमिकलाई ३० दिनभित्र डिपोर्ट गर्ने निर्णय गरेको छ ।

थप ३५ को मृत्यु पुष्टि गर्न रुसले माग्यो डीएनए नमुना

रुसले युक्रेनसँगको युद्धमा मारिएका थप ३५ नेपालीको परिवारसँग डीएनएको नमुना मागेको छ । मस्कोस्थित नेपाली दूतावासले शव पहिचान गर्न भन्दै कन्सुलर विभागलाई ३५ परिवारका सदस्यको डीएनए नमुना पठाइदिन पत्राचार गरेको हो । 

रुस–युक्रेन युद्धमा थप ३ नेपालीको मृत्यु, ३५ जनाको डीएनए नमुना पठाइदिन पत्राचार 

रुस–युक्रेन युद्धमा थप ३ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । योसँगै रुसी सेनामा भर्ती भई युद्धमा मारिने नेपालीको संख्या ४३ पुगेको छ ।

यूएईमा गैरकानुनी श्रमिकलाई 'आममाफी' लागि दुई महिने अवसर

संयुक्त अरव इमिरेट्स (यूएई)ले अलेखबद्ध (गैरकानुनी हैसियत) आप्रवासी श्रमिकलाई लेखबद्ध (कानुनी हैसियत) हुने दुई महिनासम्म अवसर दिइएको छ । यो  १ सप्टेम्बरदेखि लागु भएको यो आममाफीको अवसर आउँदो ३० अक्टोबरसम्म हुनेछ ।

रुसी सेनामा मृत्यु हुने नेपालीहरूको संख्या ४० पुग्यो

रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा परेर थप ४ जना नेपालीको मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुने चार नेपालीहरुमा विमल लिम्बु, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा हुन् ।

श्रमिक भर्ना प्रक्रिया : नेपालले छानबिन गरिरहेकै बेला इजरायलले गरायो 'लक्की ड्र'

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिकको लागि आवेदन दिएकाहरुको कागजी छानबिन भइरहेका बेला इजरायलले बिहीबार 'लक्की ड्र'बाट २२ सय जना छनोट गरेको छ । इजरायलको जेरुसेलमस्थित जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा)ले 'लक्की ड्र'बाट २२ सय आवेदक छनोट गरेको हो ।

श्रमका लागि विद्यार्थी भिसामा रुस पुगेका १५० युवा अलपत्र

श्रमको खोजीमा विद्यार्थीका रूपमा रुस पुगेका १५० नेपाली युवा मस्कोमा बिचल्लीमा परेका छन् । उनीहरूसँग पढ्न विश्वविद्यालय छैन, काम गर्न रोजगारदाता छैन र रुसमा बस्न भिसा छैन । विश्वविद्यालयमा पढ्ने र रोजगारीबाट पैसा कमाउने भनेर गएका उनीहरू काममा जोतिँदा कक्षा लिन सकेनन्, त्यसैले उनीहरूको भिसा पनि नवीकरण नभएकाले अब न पढाइ न रोजगारीको अवस्थामा पुगेका छन् ।

रुस-युक्रेनबीच ११५ युद्धबन्दीहरू साटासाट, नेपाली परे/नपरेको पुष्टि छैन

रुस र युक्रेनबीच एक सय १५ जना युद्धकैदीहरु साटासाट भएपनि ७ जना नेपाली परे/नपरेको पुष्टि भएको छैन । रुसी सेनामा भर्ना भई युक्रेनविरुद्ध लड्न गएकामध्ये ७ जना नेपालीलाई युक्रेनले युद्धबन्दीको रुपमा कैद गरी राखेको छ । संयुक्त अरव इमिरेट्स (युएई)को मध्यस्थतामा रुस र युक्रेनबीच एक सय १५ जना गरी दुई सय ३० जनालाई साटासाट गरिएको हो ।