[go: up one dir, main page]

२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

सर्वोच्चमा रिक्त न्यायाधीशको पद ६ पुग्दै

सर्वोच्चमा न्यायाधीश नियुक्ति नहुँदा न्याय सम्पादनमा असर पर्न थालेको छ । पछिल्लो समय बार र बेन्चको असमझदारीले न्यायपरिषद्को बैठकै बस्न नसकेपछि नियुक्ति प्रक्रिया रोकिएको हो । ६५ वर्षे उमेर हदका कारण प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज २० मा अनिवार्य अवकाश पाउने भएकाले अहिले बिदामा छन् । यसअघि नै ५ न्यायाधीशको दरबन्दी रिक्त छ ।

राजस्वमा सुधार, दुई महिनामा १ खर्ब ६६ अर्ब संकलन

चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) मा राजस्व संकलनमा सुधार देखिएको छ । यस अवधिमा सरकारले १ खर्ब ६६ अर्ब ३८ करोड राजस्व संकलन गरेको छ । यो वार्षिक लक्ष्यको ११.७२ प्रतिशत र गत वर्षको सोही अवधिको तुलनामा करिब १८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारले १ खर्ब ४१ अर्ब ७ करोड राजस्व संकलन गरेको थियो ।

रास्वपाको पहिलो राष्ट्रिय भेला : ‘पार्टीबारे नकारात्मक भाष्य बनाउन खोजियो’

संघीय संसद्को चौथो ठूलो दल रास्वपाको प्रथम राष्ट्रिय भेला मंगलबार राजधानीमा सुरु भएको छ । सांगठनिक, वैचारिक र नीतिगत स्पष्टताका लागि आयोजना गरिएको केन्द्रीय परिषद्को भेलामा मुलुकभित्र र प्रवासका गरी दुई हजारभन्दा बढी सहभागी छन् ।

स्टार्टअप कर्जा लिन ५२५० जनाको प्रस्ताव

स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार २ सय ५० उद्यमीले परियोजना प्रस्ताव पेस गरेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले भदौ ११ मा सूचना सार्वजनिक गर्दै २१ दिनभित्र परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको थियो ।

रोक्का गरेको एक सातामै फुकुवा गरिएको थियो जीबीको राहदानी

आधा दर्जन सहकारी संस्थाबाट अर्बभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क र अन्य कम्पनीमा लगेर अपचलन गरेको आरोप लागेका गितेन्द्रबाबु (जीबी) राईलाई सरकारी संयन्त्रले नै भगाएको खुलेको छ । राईको राहदानी रोक्का भएको आठ दिनमै संघीय सरकारको सहकारी विभाग र अध्यागमन कार्यालयको मिलेमतोमा देश छाड्ने बाटो खोलिएको पाइएको छ ।

सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन कहिले ?

संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले सहकारीको बचत अपचलन, हिनामिना र ठगीमा प्रत्यक्ष संलग्नहरू पक्राउ गरेर अनुसन्धान एवं मुद्दाको प्रक्रिया अघि बढाउन बाटो खोले पनि कार्यान्वयन कसरी र कहिले हुन्छ भन्नेबारे सरकारले स्पष्ट गरिसकेको छैन । गृहमन्त्री रमेश लेखकले प्रतिवेदनमा रहेका तथ्य–प्रमाण तथा विश्लेषणका आधारमा अघि बढ्ने बताएका छन् ।

नजिकियो दसैं, टिकट बुकिङको छैन सुरसार

यस वर्षको दसैं सुरु हुन अब १५ दिन मात्र बाँकी रहे पनि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुका लागि गाडीको अग्रिम टिकट बुकिङ खुल्ला गर्नेबारे सरकारले अझै सुरसार गरेको छैन । प्रायः घटस्थापनादेखि उपत्यकाबाट बाहिरिले क्रमले तीव्रता पाउने गरेको छ ।

चैनपुर सेती आयोजनाको काम दुई महिनादेखि ठप्प

सुदूरपश्चिमको विकासका लागि महत्त्वपूर्ण मानिएको चैनपुर सेती जलविद्युत् आयोजनाको काम दुई महिनादेखि ठप्प छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको २ सय १० मेगावाट क्षमताको आयोजना निर्माणको काम गर्दा सम्बद्ध सरकारी प्रक्रिया पूरा नगरी थालिएको भन्दै डिभिजनल वन कार्यालय बझाङले रोकेको हो ।

देशका अधिकांश भागमा मौसम सफा रहने

देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

इजरायलद्वारा पूर्वराजदूतकी घरेलु श्रमिकलाई ‘डिपोर्ट’

इजरायलले तेलअभिभस्थित नेपाली दूतावास छाडेर भागेकी एक घरेलु श्रमिक महिलालाई आइतबार ‘डिपोर्ट’ गरिदिएको छ । उनी सोमबार बिहान फ्लाई दुबईको उडानबाट काठमाडौंमा आइपुगेकी छन् ।

एमालेले जनप्रतिनिधिहरूको मूल्यांकन ‘रिपोर्ट कार्ड’ बनाउने

नेकपा एमालेले संघ, प्रदेश र स्थानीय सरकारलाई प्रभावकारी बनाउने भन्दै १२ बुँदे कार्ययोजना बनाएको छ । गत साता पोलिटब्युरो बैठकले पारित गरेको उक्त कार्ययोजनालाई लागू गर्दै अहिले निर्देशन दिइएको हो ।

राप्रपाद्वारा २० जना युवा पार्टीको केन्द्रीय सदस्य पदमा छनोट

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नवीन राप्रपा कार्ययोजनाअन्तर्गत ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेअनुसार मंगलबार २० जनालाई पार्टीको केन्द्रीय सदस्य पदमा छनोट गरेको छ ।

शिक्षामा नीतिगत सुधार नभई देशमा सुधार हुँदैन : उपकुलपति बराल

नेपालमा नारी शिक्षाको क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आएको पद्मकन्या बहुमुखी क्याम्पसको ७४औं वार्षिकोत्सव विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।

Driving License Eligibility Test

Province News
इटहरीमा २१ करोडको सभागृह बन्दै

इटहरीमा २१ करोडको सभागृह बन्दै

कान्तिपुर संवाददाता

सुनसरीको इटहरी उपमहानगरपालिकाभित्र २१ करोडभन्दा बढी बजेट खर्चिएर अत्याधुनिक सभागृह बन्ने भएको छ । 

झापाका साहित्यकार खरेलको निधन

झापाका साहित्यकार खरेलको निधन

कान्तिपुर संवाददाता

झापाका प्रगतिशील साहित्यकार तथा समालोचक पुण्य खरेलको निधन भएको छ । ६३ वर्षीय उनको काठमाडौंमा मंगलबार बिहान निधन भएको हो । 

तेह्रथुममा ठेक्कामार्फत् विद्युत विस्तार, उपभोक्ताबाट अवैध असुली

तेह्रथुममा ठेक्कामार्फत् विद्युत विस्तार, उपभोक्ताबाट अवैध असुली

रासस

राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तारमा अनियमितता भएको आरोपसहित आठराई गाउँपालिकाका स्थानीयवासी विरोधमा उत्रिएका छन् । पालिकाका विभिन्न स्थानमा २०७५ सालयता ठेक्कामार्फत राष्ट्रिय प्रसारण लाइन विस्तार भएको थियो ।

कैदी फरार भएपछि छानबिन गर्न चार सदस्यीय समिति गठन

कैदी फरार भएपछि छानबिन गर्न चार सदस्यीय समिति गठन

रासस

जबरजस्ती करणी मुद्दामा पक्राउ परेका कैदी फरार भएसँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । 

अहेवकाे निधनमा खोटाङको साकेला गाउँपालिकामा शोक बिदा

अहेवकाे निधनमा खोटाङको साकेला गाउँपालिकामा शोक बिदा

डम्बरसिं राई

साकेला गाउँपालिकाले मंगलबार शोक बिदा दिएको छ । आइतबार बिहान मृत फेला परेका उक्त गाउँपालिका–३ खिदीस्थित स्वास्थ्य चौकीका अहेव ३० वर्षीय मणिराज घिमिरेको निधनको शोकमा बिदा दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

कान्तिपुर संवाददाता

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

कोशी बाट थप
मिटरब्याज पीडितका गुनासा : ऋण तिरिसक्दा पनि घरखेत लिलाम

मिटरब्याज पीडितका गुनासा : ऋण तिरिसक्दा पनि घरखेत लिलाम

शंकर आचार्य

पर्सा कालिकामाई गाउँपालिका–५ का ४५ वर्षीय विक्रम ठाकुरले गाउँकै साहु प्रमोद राउत बरैसँग २०७६ मंसिर १४ मा ३ लाख रुपैयाँ ऋण लिए । साहुले विक्रमकी पत्नी पुनम देवीसँग त्यसबापत १५ लाख रुपैयाँको कपाली तमसुक गराए ।

सामाजिक सन्जालको दुरुपयोगको आरोपमा युवक पक्राउ 

सामाजिक सन्जालको दुरुपयोगको आरोपमा युवक पक्राउ 

शंकर आचार्य

सामाजिक सञ्जाल दुरुपयोगको आरोपमा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ लक्ष्मणवाका २१ वर्षीय ओमकुमार पटेल छन् । 

सिरहाबाट १४ लाख अवैध रकमसहित ३ जना पक्राउ

सिरहाबाट १४ लाख अवैध रकमसहित ३ जना पक्राउ

विनय आजाद

सिरहाबाट स्रोत नखुलेको अवैध रकमसहित तीन जना पक्राउ परेका छन् । सिरहा प्रहरीले गत शुक्रबार नै उनीहरूलाई अवैध रकमसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार, पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका-१० का ५७ वर्षीय मजित मियाँ, सोही ठाउँ बस्ने वर्ष २८ का मोहम्मद अलाहउद्दिन र २३ वर्षीय अजय चौधरी छन् ।

ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ 

ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ 

शंकर आचार्य

प्रहरीले लागूऔषध ब्राउन सुगर तस्करीको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना आदापुर बस्ने २३ वर्षीय विकास कुमार पटेल छन् । 

९८ वर्ष पुरानो सरकारी गौशाला : स्वामित्व विवादले संकटमा

९८ वर्ष पुरानो सरकारी गौशाला : स्वामित्व विवादले संकटमा

सन्तोष सिंह

उन्नत र स्थानीय जातका गाईका लागि सुविधायुक्त छुट्टाछुट्टै गोठ छन् । २० बिघा जग्गामा हरियो घाँस रोपिएको छ भने गोदाममा भुसा, पराल र अन्य आहारा पर्याप्त छन् । ९८ वर्ष पुरानो सरकारी स्वामित्वमा रहेको महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुरस्थित निगौल गाई गौशाला अहिले सरकारी बेवास्ता, राजनीतिक दोहन र स्वामित्वको खिचातानीले अस्तव्यस्त बनेको छ ।

पुलबाट बस खस्दा १ यात्रुको मृत्यु, ४३ घाइते 

पुलबाट बस खस्दा १ यात्रुको मृत्यु, ४३ घाइते 

लक्ष्मी साह

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको निजगढ नगरपालिका-८ उनासी पुलबाट आइतबार मध्यराति यात्रुवाहक बस खस्दा १ जनाको मृत्यु भएको छ । बसमा सवार ४३ यात्रु घाइते भएका छन् ।

मधेस बाट थप
भोटेकोसीमा जिप दुर्घटना : बेपत्ता चालक तीन दिनपछि मृत फेला

भोटेकोसीमा जिप दुर्घटना : बेपत्ता चालक तीन दिनपछि मृत फेला

अनिश तिवारी

भोटेकोसी नदीमा दुर्घटना भएको बोलेरो जिप चालक तीन दिनपछि ओखलढुंगाको सुनकोसी गाउँपालिका-१ स्थित खुजी नदीमा मृत भेटिएका छन् । 

पालिका अध्यक्षले बनाइदिए एकल महिलालाई घर

पालिका अध्यक्षले बनाइदिए एकल महिलालाई घर

सुवास विडारी

मनहरि गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले यहाँकी एक विपन्न महिलालाई घर बनाइदिएका छन् । मनहरि–५ वसन्तपुरकी सोनी राईलाई उनले घर बनाइदिएका हुन् ।

तादी खोलामा नुहाउने क्रममा बगेर महिला बेपत्ता

तादी खोलामा नुहाउने क्रममा बगेर महिला बेपत्ता

रासस

नुवाकोटको दुप्चेश्वर गाँउपालिका–६ मा अवस्थित प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरको दर्शन गर्नुपूर्व स्नानको क्रममा सोमबार खोलाले बगाउँदा एक जना तीर्थयात्री बेपत्ता भएका छन् । 

अवैधरुपमा भित्र्याइएका लत्ताकपडासहित ३१ लाख बराबरको सामान बरामद 

अवैधरुपमा भित्र्याइएका लत्ताकपडासहित ३१ लाख बराबरको सामान बरामद 

प्रताप विष्ट

मकवानपुर प्रहरीले ३१ लाख मूल्य बराबरको भन्सार छलेर ल्याएको अवैध लत्ताकपडा तथा विभिन्न सामानहरु बरामद गरेको छ  । 

रैथाने बाली संरक्षण र हाट बजार सञ्चालन गर्न प्रदेश सरकारले सघाउँछ : मन्त्री श्रेष्ठ

रैथाने बाली संरक्षण र हाट बजार सञ्चालन गर्न प्रदेश सरकारले सघाउँछ : मन्त्री श्रेष्ठ

ज्योती श्रेष्ठ

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले रैथाने बाली संरक्षण र पालिकास्तरीय हाट बजार सञ्चालन गर्न प्रदेश सरकारले सघाउने बताएका छन् ।

वित्तिय संस्थाका कारण सहुलियतपूर्ण कर्जा रोक्दै प्रदेश सरकार 

वित्तिय संस्थाका कारण सहुलियतपूर्ण कर्जा रोक्दै प्रदेश सरकार 

सुवास विडारी

वाग्मती प्रदेश सरकारले सहुलियतपूर्ण कर्जाका लागि बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराएको रकमबाट प्रवाह भएको ऋणीको तथ्यांक र असुली रकम प्रदेश सञ्चित कोषमा जम्मा नभएका कारण थप रकम उपलब्ध नगराउने भएको छ । 

वाग्मती बाट थप
मध्यविन्दु नगरपालिकामा जैविक मल उत्पादन सुरु 

मध्यविन्दु नगरपालिकामा जैविक मल उत्पादन सुरु 

नवीन पौडेल

पूर्वीनवलपरासीको मध्यविन्दु नगरपालिकाले जैविक मल उत्पादन सुरु गरेको छ । नगरभित्रबाट संकलन गरिएको जैविक फोहोरलाई प्रयोग गरेर अत्याधुनिक प्रविधि सहितको जैविक मल उत्पादन केन्द्र संचालनमा ल्याइएको हो ।

ताङ्लीचोक स्वास्थ्य चौकीमा बिरामी जाँचका लागि पुगेका चिकित्सकमाथि दुर्व्यवहार र कुटपिट

ताङ्लीचोक स्वास्थ्य चौकीमा बिरामी जाँचका लागि पुगेका चिकित्सकमाथि दुर्व्यवहार र कुटपिट

हरिराम उप्रेती

गण्डकी गाउँपालिका–१ स्थित मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत दिलीपकुमार कुशवाहलाई कुटपिट र दुर्व्यवहार भएको छ । बिरामी जाँच्दै गर्दा टिकटको विषय निकालेर पूर्ववडाध्यक्ष देउबहादुर गुरुङ नेतृत्वको समूहले आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको कुशवाहले बताए ।

डेंगी परीक्षणका लागि किट अभाव 

डेंगी परीक्षणका लागि किट अभाव 

प्रकाश बराल

भदौ लागेदेखि यहाँको धौलागिरि अस्पतालमा दैनिक ५० देखि १ सय जनासम्म ज्वरोका बिरामी आइरहेका छन् । उनीहरूलाई अन्य समस्या भए पनि डेंगी परीक्षण अनिवार्य गरिएको छ ।

आमाको सम्झनामा ढुंगैढुंगाको घर

आमाको सम्झनामा ढुंगैढुंगाको घर

प्रकाश बराल

गाउँमा ढुंगामाटोको एउटा घर बनाउन कति खर्च होला ? बढीमा ५ देखि १० लाख लगानी गर्दा ढुंगामाटोको भनेजस्तो घर बन्छ । तर यहाँ एउटा घर १६ करोडमा बन्दैछ । घरको जगदेखि धुरीसम्म ढुंगा मात्रै जडान गरेर बनाएको घर १६ करोड रुपैयाँमा पूरा हुर्ने लक्ष्य राखिएको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानका भीमबहादुर घर्ती क्षेत्रीले ढुंगैढुंगाको घर बनाउन लागेका हुन् ।

‘न्याय’ दिने त्यो ताउलो

‘न्याय’ दिने त्यो ताउलो

आश गुरुङ

गाउँको बीचमा ठाँटी छ, जहाँ गन्यमान्य बसेका छन् । बीचमा एउटा टेबुलमाथि तामाको ताउलोभित्र खुकुरी र पाती राखिएको छ । घरमूलीहरू पालैपालो आउँदै त्यही ताउलो अघिल्तिर उभिन्छन् । गन्यमान्यले पालैपालो राखेको जिज्ञासाको जवाफ दिन्छन् । अन्तिममा सबैले ताउलो छुँदै भन्छन्, ‘यसभन्दा बढी गल्ती भए–गरेमा मलाई पाप लागोस्, नगरेमा मेरो जय–जय होस् ।’

बेंसीसहर–डुम्रे सडक ७ घण्टापछि खुल्यो

बेंसीसहर–डुम्रे सडक ७ घण्टापछि खुल्यो

आश गुरुङ

लमजुङको उदिपुरमा पहिरो गएपछि अवरुद्ध भएको बेंसीसहर–डुम्रे सडक करिब ७ घण्टापछि खुलेको छ । बेंसीसहर नगरपालिका १, उदिपुरको पहिरो नियन्त्रणस्थलसँगै बग्न थालेको नयाँ पहिरोले समय–समयमा सडक अवरुद्ध हुने गरेको छ ।

गण्डकी बाट थप
उद्योग वाणिज्य संघ बर्दियामा समावेशी प्यानल

उद्योग वाणिज्य संघ बर्दियामा समावेशी प्यानल

कमल पन्थी

उद्योग वाणिज्य संघ बर्दिया, गुलरियाको १० औं अधिवेशनमा पुनः देवेन्द्र पाण्डेको नेतृत्वमा सर्वपक्षीय प्यानलको मंगलबार बेलुकी सार्वजनिक घोषणा गरिएको छ ।

लुम्बिनीमा भिक्षाटन गर्दै वर्षावासमा थाई भिक्षुहरू

लुम्बिनीमा भिक्षाटन गर्दै वर्षावासमा थाई भिक्षुहरू

मनोज पौडेल

थाई भिक्षु दन्तचित्त हरेक दिन बिहान ७ बजेपछि लुम्बिनी आसपासका गाउँमा भिक्षापात्र लिएर पुग्छन् । थाइल्याण्डको खोराट प्रान्तबाट आएका उनी स्थानीयसँग मागेर ल्याएको अन्नपात–तरकारी पकाएर खान्छन् । उनीसँगै आएका १० जना भिक्षु पनि गाउँगाउँ हिँड्दै मागेरै भान्सा चलाइरहेका छन् । दिउँसो १२ नबज्दै भोजन गर्ने उनीहरू त्यसपछि धम्मदेशना गर्न हिँड्छन् ।

अब प्रदेश सडक गुरुयोजना बनाइने : आचार्य

अब प्रदेश सडक गुरुयोजना बनाइने : आचार्य

घनश्याम गौतम

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले पूर्वाधार विकासलाई प्रभावकारी कार्यान्वयनमार्फत नयाँ उचाइमा पुर्‍याउन सडक गुरुयोजना निर्माणको काम सुरु गरिएको बताएका छन् ।

‘नुवाकोट सांस्कृतिक डबली’ अब तिनाउलाई

‘नुवाकोट सांस्कृतिक डबली’ अब तिनाउलाई

वीरेन्द्र केसी

लुम्बिनी प्रदेश सरकारको सहयोगमा  निर्माण सम्पन्न भएको ‘नुवाकोट सांस्कृतिक डबली’ अर्थात् ओपन थिएटर संरक्षण र सञ्चालनको जिम्मा पाल्पाको तिनाउ गाउँपालिकालाई हस्तान्तरण गरिने भएको छ ।

एमालेले लुम्बिनी संसदीय दलको विधान संशोधन गर्ने

एमालेले लुम्बिनी संसदीय दलको विधान संशोधन गर्ने

घनश्याम गौतम

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको मंगलबार देउखुरीमा बसेको बैठकले एमाले संसदीय दलको विधान संशोधन गर्ने निर्णय गरेको छ ।

एमाले लुम्बिनीले आफ्ना सांसदका लागि जारी गर्‍यो आचारसंहिता

एमाले लुम्बिनीले आफ्ना सांसदका लागि जारी गर्‍यो आचारसंहिता

घनश्याम गौतम

नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले प्रदेशसभा सदस्यहरूलाई आचारसंहिता लागू गरेको छ । एमाले प्रदेशसभा संसदीय दलको मंगलबार राप्ती उपत्यका देउखुरीमा बसेको बैठकले प्रदेशसभा सदस्यहरूलाई आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

लुम्बिनी बाट थप
बैकिंङ कसुरमा शाही पक्राउ 

बैकिंङ कसुरमा शाही पक्राउ 

तुलाराम पाण्डे

बैकिंङ कसुर गरेको आरोपमा खाडाचक्र-११ का धीरबहादुर शाही पक्राउ परेका छन् । खाडाचक्रको रेगिंलका ४३ वर्षीय शाहीले खातामा रकम नभएको चेक दिएर बैकिंङ कसुर गरेको आरोपमा पक्राउ परेका हुन् । उनीविरुद्ध ठगीमा जाहेरी परेपछि फरार थिए । उनले खातामा रकम नभएको ४ जनालाई चेक दिएका थिए ।

सल्यानमा ६ जनामा डेंगी देखियो

सल्यानमा ६ जनामा डेंगी देखियो

विप्लव महर्जन

सल्यानमा ६ जनामा डेंगी देखिएको छ । जिल्ला अस्पताल सल्यानमा उपचार गर्न आएकाको रगत परीक्षण गर्दा ६ जनामा डेंगी देखिएको हो । 

जिप दुर्घटनामा घाइते दुई जनाको मृत्यु 

जिप दुर्घटनामा घाइते दुई जनाको मृत्यु 

विप्लव महर्जन

सल्यानमा बोलेरो जिप दुर्घटनामा परी घाइते भएका दुईको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका-४ फलाबाङ्गबाट लुहाम बजार जाँदै गरेको रा १ च १०४३ नम्बरको बोलेरो जिप सोमबार बेलुकी पुतली दरबार नजिकै दुर्घटना हुँदा गम्भीर घाइते भएका ५५ वर्षीय टोपबहादुर साहु र लाली रावतको मृत्यु भएको हो । 

सिंजा स्वास्थ्य शाखा उत्कृष्ट

सिंजा स्वास्थ्य शाखा उत्कृष्ट

डीबी बुढा

स्वास्थ्य सेवा प्रवाहमा सिंजा स्वास्थ्य शाखा जिल्लाकै पहिलो बनेको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको मूल्यांकन प्रतिवेदनका आधारमा सिंजा स्वास्थ्य शाखा सेवाप्रवाहमा पहिलो बनेको हो ।

बोलेरो जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते

बोलेरो जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते

विप्लव महर्जन

सल्यानमा सोमबार बेलुका जीप दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन् । त्रिबेणी गाउँपालिका-४ फलाबाङ्गबाट लुहाम बजार जाँदै गरेको रा १ च १०४३ नम्बरको बोलेरो जीप पुतली दरबारनजिकै दुर्घटना भएको हो । 

हावाहुरीले मकैबालीमा क्षति

हावाहुरीले मकैबालीमा क्षति

विप्लव महर्जन

लगातार दुई दिनसम्म परेको हावाहुरीसहितको वर्षाले बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाको माझखर्क, बस्नेउरा, दुरुमखोला, भदाँले र चौरका किसानले बारीमा लगाएको मकैबालीमा क्षति पुगेको छ । घोगा लाग्दै गरेको मकैका बोटलाई हावाहुरीले ढलाएपछि मकैबालीमा क्षति पुगेको हो ।

कर्णाली बाट थप
अपी फेदको स्याउ बजारमा

अपी फेदको स्याउ बजारमा

मनोज बडू

अपीहिमाल गाउँपालिकामा उत्पादन भएको स्याउ स्थानीय बजारमा पुगेको छ । भदौ अन्तिम सातादेखि किसानले उत्पादन गरेका स्याउ बिक्री समेत हुन थालेको हो । अपीहिमालको खण्डेश्वरी, मकरीगाडको स्थानीय स्याउ पुगेको व्यापारीहरु बताउँछन् । यो वर्ष हिमाली क्षेत्रमा स्याउको राम्रो फल लागेको किसानहरुले बताएका छन् । अपिहिमाल–२, ३ र ४ मा यो वर्ष स्याउ उत्पादन राम्रो हुँदा किसान खुसी छन् ।

सुदूरपश्चिमले ल्यायाे ३१ अर्ब ६२ करोडको बजेट

सुदूरपश्चिमले ल्यायाे ३१ अर्ब ६२ करोडको बजेट

अर्जुन शाह

दुई महिनासम्म बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले सोमबार आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ ।

सुदूरपश्चिममा बजेट पेस गर्ने सरकारको तयारीमा विपक्षीको अवरोध

सुदूरपश्चिममा बजेट पेस गर्ने सरकारको तयारीमा विपक्षीको अवरोध

अर्जुन शाह

सरकारले प्रदेश सभाको सोमबारको बैठकमा चालु आर्थिक वर्षको बजेट पेस गर्ने तयारी गरेका बेला प्रतिपक्षी दलका सांसदहरुले वैधानिकताको प्रश्न उठाउँदै विरोध गरेपछि सभामुख भीमबहादुर भण्डारीले २० मिनेटका लागि स्थागित गरेका छन् ।  

दार्चुलामा जुवा खेलिरहेका ८ जना पक्राउ

दार्चुलामा जुवा खेलिरहेका ८ जना पक्राउ

मनोज बडू

दार्चुला सदरमुकाम खलंगा बजारको एक घरमा जुवा खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । महाकाली नगरपालिका–४ स्थित विद्यानगर टोलबाट आइतबार साँझ उनीहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

सुदूरपश्चिमका तीन जिल्लामा तीन दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध 

सुदूरपश्चिमका तीन जिल्लामा तीन दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध 

मनोज बडू

दार्चुलासहित सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा नेपाल टेलिकमका सेवा अवरुद्ध भएका छन् । शनिबार दिउसोदेखि इन्टरनेट र फोन सेवा अवरुद्ध भएको हो । 

पटेराखल्लाका विस्थापितको बास स्कुलमै, अन्य घर फर्किए

पटेराखल्लाका विस्थापितको बास स्कुलमै, अन्य घर फर्किए

भवानी भट्ट

कञ्चनपुरमा बाढी र डुबानका कारण विस्थािपत भएकाहरुमध्ये अधिकांश घर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार विस्थापित भएका ३ सय ७ परिवारमध्ये अधिकांश घर फर्किएका छन् । 

सुदूरपश्चिम बाट थप
Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.