सफारी
विकासकर्ता(हरू) | एप्पल |
---|---|
सुरुवाती जारी मिति | जनवरी ७, २००३ |
प्रोग्रामिङ भाषा | सी++,[१] अब्जेक्टिभ-सी र स्विफ्ट |
सञ्चालन प्रणाली | म्याक ओएस आइओएस विन्डोज (निष्क्रिय, अन्तिम संस्करण: ५.१.७ मे ९, २०१२ मा) |
विकासको स्थिति | चालू |
प्रकार | वेब ब्राउजर |
सफ्टवेर अनुमति पत्र | नि:शुल्क; केही घटकहरू |
वेबसाइट | apple |
सफारी एप्पलद्वारा विकसित वेबकिट संयन्त्रमा आधारित एक वेब ब्राउजर हो। सुरुमा यो सन् २००३ मा म्याक ओएस एक्स प्यानथरका साथ डेस्कटपमा जारी गरिएको थियोे। सन् २००७ मा आइफोन को परिचय पछि मोबाइल उपकरणहरूमा यो मोबाइल संस्करणसँग शामिल गरिएको थियो। यो एप्पल उपकरणहरूमा पुनर्निर्धारित ब्राउजर हो। यो सन् २००७ देखि २०१२ सम्म विन्डोज संस्करणमा मात्र उपलब्ध रहेको थियो।[२]
इतिहास र विकास
[सम्पादन गर्नुहोस्]सन् १९९७ सम्म एप्पलको म्याकिन्तोस कम्प्युटरहरू नेटस्केप नेभिगेटर र साइबरडग वेब ब्राउजरहरू मार्फत मात्र पठाइन्थ्यो। एप्पल र माइक्रोसफ्ट बीचको पाँच वर्षे सम्झौताको अंशको रूपमा, म्याकका लागि इन्टरनेट एक्सप्लोरर पछि म्याक ओएस ८.१ को लागि पुनर्निर्धारित वेब ब्राउजरको रूपमा समावेश गरिएको थियो।[३] त्यस समयमा, माइक्रोसफ्टले म्याकका लागि इन्टरनेट एक्स्प्लोररको तीन ठूला संस्करणहरू जारी गरेको थियो जसले म्याक ओएस ८ र म्याक ओएस ९ सँग सहकार्य गरेका थिए, तथापि एप्पलले नेटस्केप नेभिगेटरलाई वैकल्पिक वेब ब्राउजरको रूपमा समावेश गरेको थियो। माइक्रोसफ्टले अन्ततः म्याकको लागि इन्टनेट एक्स्प्लोररको म्याक ओएस एक्स संस्करण जारी गरेको थियो, जसलाई म्याक ओएस एक्स डिपीबाट[४] सबै म्याक ओएस एक्स संस्करणहरूमा पुनर्निर्धारित ब्राउजरको रूपमा समावेश गरिएको थियो।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "वेककिट - खुला स्रोत परियोजना"। (सदस्यता आवश्यक)
- ↑ "Apple apparently kills Windows PC support in Safari 6.0", एप्पल इन्साइडर, जुलाई २५, २०१२।
- ↑ "Mac OS 8.1 Update Document and Software", Apple Inc., अगस्ट १४, २००३, मूलबाट डिसेम्बर ४, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १०, २००९।
- ↑ "Apple Releases Mac OS X Developer Preview 4 with Final API Specs", एप्पल निगम, मे १५, २०००, अन्तिम पहुँच मार्च १३, २०१८।
- ↑ "Java 1.3.1 for Mac OS X version 10.2 Release Notes", एप्पल विकासकर्ता, उप्पल निगम, जुलाई २००२, अन्तिम पहुँच जुन १०, २००९।